२०८२ भाद्र ६ | Aug 22, 2025

सानिमा बैंकले फोनपेसँगको सहकार्यमा संचालनमा ल्यायो अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ९

ललितपुर । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

सानिमा बैंकका अनुसार यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क÷विदेशी मुद्रा सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया