२०८२ भाद्र ९ | Aug 25, 2025

पत्रकार नवराज बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११

ललितपुर । अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको हो । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पु¥याएको र शव्द रचनामा पनी उत्कृष्ट रहेको भन्दै ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागिबाट उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो । उक्त गितको शव्द रचना पत्रकार बजगाईले गरेका थिए । कार्यक्रममा प्रमुख पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए । साथै बेस्ट राईटर अवार्ड माननीय चन्द्र भण्डारी, पुर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ट कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायतले प्रदान गरेका थिए । आफ्नो गितले उत्कृष्ट शव्द रचनाको अवार्ड पाउँदा गित लेखनमा थप हौसला मिलेको सञ्चारकर्मी नवराज बजगाईले बताए ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गाविस–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि धेरै बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पु¥याए बापत सम्मानित भै सकेका छन । बजगाई पत्रकारितासंगै कलाकारिता, साहित्य र समाजसेवामा क्रियाशिल रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement