
न्युयोर्क । राप्रपाका सांसद ज्ञानेन्द्र शाही “ग्लोबल हिरो अवार्ड”बाट सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा सांसद शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको हो।
न्यूयोर्कमा अवार्ड ग्रहण पश्चात् सांसद शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै अवार्डको श्रेय उनीहरूलाई समर्पित गर्ने घोषणा गरेका छन्।
उनले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको प्रतिफल हो। यो अवार्डले निःसन्देह समाजमा सकारात्मक काम गर्ने प्रेरणा दिनेछ र एकताको भावना थप मजबुत बनाउनेछ।’
कार्यक्रम ‘हामी ग्लोबल नेपाली’ को आयोजनामा भएको थियो । अवार्डबाट सम्मानित भएपछि सांसद शाहीले आयोजकको प्रशंसा गर्दै “ ‘कार्यक्रमलाई सफल बनाउन समितिले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया