२०८२ भाद्र ६ | Aug 22, 2025

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १२

ललितपुर। संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा रहेका १२० जना नेपालीले आममाफी पाएका छन् । यूएई सरकारले १२० विभिन्न कसुरमा जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

“ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

संयुक्त अरब इमिरेट्स सरकारको यो घोषणा प्रति नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया