
ललितपुर। प्रत्येक नेपालीको टाउकोमा एकलाखको हाराहारीमा ऋणको भार थोपरिएको छ । हाल नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगिसकेको छ । पछिल्लो जनागणना २०७८ अनुसार यसलाई भाग लगाउँदा प्रत्येक नेपालीको भागमा ९१ हजार रुपैयाँभन्दा बढी हुन आउँछ ।
पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण रहेकोमा गएको आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रुपैयाँ ऋणको दायित्व बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
गत वर्ष सरकारले ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य थियो । तर सरकारले ४ खर्ब ५६ अर्ब रुपैयाँ मात्र ऋण उठाएको छ । गत वर्ष २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको सावाँ फिर्ता भएको छ । यसमध्ये ४८ अर्ब ५६ करोड वैदेशिक ऋण र आन्तरिक ऋणको २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ सावाँ फिर्ता भएको हो ।
हाल सरकारसँग आन्तरिक ऋणको दायित्व १२ खर्ब ६३ अर्ब र बाह्य ऋणको दायित्व १४ खर्ब १ अर्ब रुपैयाँ पुगिसकेको छ । ।
फेसबुकबाट तपाईको प्रतिक्रिया