
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । ३१ औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले आयोजना गरेको ‘नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी’ विषयक कार्यक्रममा उनले यसका लागि सार्वजनिक–निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहेको बताए ।
यस्तै उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पु¥याउने बताए ।
उनले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको भन्दै लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र भन्दै नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्त्व पनि उनले जोड दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया