२०८२ भाद्र ९ | Aug 25, 2025

ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५

ललितपुर । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालका अनुसार ट्राफिक कारबाहीमा परेका ३० हजार ३४ सवारीसाधानबाट दुई करोड ४१ लाख राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु. दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनलाई गरिएको कारवाहीबाट उक्त रकम सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement