२०८२ भाद्र ७ | Aug 23, 2025

‘यसपालि तीजमा मैदानै थर्कियो’ गीत सार्वजनिक (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५

ललितपुर । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको  ‘यसपालि तीजमा मैदानै थर्कियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

युविन इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त भिडियोमा युविन ढुङ्गाना रिचा थापा,नेपाली ब्रो र सपना जनकको अभिनय रहेको छ । 

शिवन पोख्रेलले निर्देशन गरेको भिडियोलाई सरोज शाहिले खिचेका हुन भने टेकेन्द्र शाहले रङ्ग संयोजन र सम्पादन गरेका हुन् । 

सञ्जय श्रीपालको सङ्गीत  र सङ्गीत संयोजन  रहेको उक्त गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । 

गीतकार अधिकारीले लेखेको ‘शिरफूल हरायो रे’ बोलको अर्को तीज गीतको भिडियो यस अघि सार्वजनिक भैसकेको छ । गीतमा समीक्षा अधिकारी र सुधा रत्नको स्वर रहेको छ भने सङ्गीत सुरेश अधिकारीको  र सङ्गीत संयोजन सञ्जय श्रीपालको रहेको छ । 

किशन रेग्मीले निर्देशन गरेको भिडियोलाई गोहन आलेले खिचेका हुन् । अमेरिकामा छायाङ्कन गरिएको भिडियोमा प्रियङ्का ऐरले  कोरियोग्राफी गरेकी हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया