सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि दर ३ प्रतिशतमा पुग्ने (आईएमएफ)को प्रक्षेपण

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५
|
816 views

ललितपुर - ललितपुर । अप्रिलमा गरिएको २ दशमलव ८ प्रतिशतको अनुमानभन्दा ०.२ प्रतिशतको बढि प्रक्षेपण सहित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि दर ३ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ।


आईएमएफले उदीयमान बजार र विकासशील मुलुकहरूको वृद्धि दर २०२५ मा ४.१ प्रतिशत हुने अनुमान गरेको छ। यो दर पनि अप्रिलको अनुमानभन्दा ०.४ प्रतिशतले माथि हो। विकसित अर्थतन्त्रहरूको वृद्धि दर पनि १।४ प्रतिशतबाट बढेर १।५ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ।
आईएमएफका अनुसार, हालैको अद्यावधिक प्रक्षेपणमा विश्वव्यापी व्यापार विकासले अर्थतन्त्रको समग्र दृष्टिकोणलाई निरन्तर आकार दिइरहेको र त्यही आधारमा यो संशोधन गरिएको हो। २०२६ का लागि पनि वृद्धि दर ३।१ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ, जुन अप्रिलको ३ प्रतिशत अनुमानभन्दा बढी हो।

संस्थाका अनुसार, संयुक्त राज्य अमेरिका, युरो क्षेत्र, जापान, बेलायत, क्यानडा, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र नाइजेरिया जस्ता प्रमुख अर्थतन्त्रहरूमा सकारात्मक संशोधन गरिएको छ।

यद्यपि, आईएमएफले आर्थिक नीतिगत अनिश्चितता अझै कायम रहेको बताएको छ। संस्था अनुसार, वर्तमान व्यापार नीतिमा आधारित वास्तविक–समयको अनुमानअनुसार यो अनिश्चितता सन २०२५ सम्म उच्च नै रहनेछ।

 पात्रो/राशिफल  रेडियो YouTube