२०८२ श्रावण १७

ललितपुर । नेपालको प्रतिव्यक्ति आम्दानी बढेको कारण देखाउँदै नेपालका बहुपक्षीय विकास साझेदार विश्व बैङ्क र द्विपक्षीय विकास साझेदार जापानले सहुलियतपूर्ण ऋणको ब्याजदर बढाएका छन्।
अब विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋणको ब्याजदर ०।७५ प्रतिशतबाट १।५० प्रतिशत पुगेको छ भने जापानले नेपाललाई उपलब्ध गराउने ऋणको ब्याजदर १।९० प्रतिशत हुने भएको छ ।
विश्व बैङ्क नेपालको सबैभन्दा ठुलो विकास साझेदार हो । त्यस्तै जापान द्विपक्षीय साझेदारमध्ये ठुलो विकास साझेदारमा पर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया