
ललितपुर । सोसल मिडिया प्लाटफर्म ट्वीटर (हालको एक्स) का संस्थापकमध्येका एक ज्याक डोर्सीले Bitchat Mesh नामक एक मेसेजिङ एप सार्वजनिक गरेका छन् । उक्त एपको प्रयोगबाट अब च्याट गर्न इन्टरनेटको आवश्यकता नपर्ने भएको छ ।तर, ब्लुटूथमा आधारित उक्त एप हाल आइफोन प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।
ज्याकको उक्त मेसेजिङ एप विशेष खालको छ । किनकि यो इन्टरनेटमा निर्भर छैन र यसलाई कुनै फोन नम्बर वा इमेलको आवश्यकता पनि पर्दैन ।
बिटच्याट मेशले एक Bluetooth Mesh नेटवर्कको माध्यमबाट काम गर्दछ । अर्थात् प्रयोगकर्ताहरुले आफ्नो ब्लुटुथ कनेक्टिभिटीमा रहेका अन्य व्यक्तिलाई यसमार्फत् मेसेज पठाउन सक्दछन् । जुन सामान्यतया १ सय मिटरको दूरीभित्र हुन्छ । यसका लागि वाइफाइ कनेक्सन वा फोन नम्बरको आवश्यकता पर्दैन ।
यसमा प्रयोगकर्ताहरु आपसमा सिधै जोडिन सक्छन् । यदि दुईवटा प्रयोगकर्ताहरु ब्लुटूथको दायराभन्दा बाहिर छन् भनेपनि नेटवर्कमा रहेका अन्य प्रयोगकर्ताको माध्यमबाट मेसेज रिले हुन्छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया