२०८२ भाद्र ७ | Aug 23, 2025

प्रशान्तलाई कास्य पदक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८


ललितपुर । नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा भएको उक्त प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ किलोमुनि तौल समूहमा कास्य पदक पाएको नेपाल कुराश सङ्घले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ किलोमुनिको तौल समूहमा कास्य पदक पाएका थिए ।

एसियाली कुराश महासङ्घको आयोजनामा जुलाई ३० तारिखदेखि सुरु भई अगस्त ५ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपालका साथै भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन ९ताइपेई० र कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

नेपालबाट नामशाङ सामसोङले समेत जुनियर पुरुष ५२ किलोमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया