२०८२ भाद्र ६ | Aug 22, 2025

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८

ललितपुर । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभाश घोषणा गरेका छन् । क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने भएका हुन ।


फण्डहरुको उक्त प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २९ गते एक दिन इकाइधनी पुस्तिका बन्द हुनेछ । फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न साउन २८ गते बुधबारसम्म इकाईधनी बन्नुपर्नेछ ।


एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया