२०८२ भाद्र ७ | Aug 23, 2025

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८

ललितपुर । नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ ।

आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदैछ । यसैका लागि सङ्घले आज १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । 

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् । टोली आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

सावित्री पुर्जाको प्रशिक्षणमा टोली छनोट भएको र हाल  सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको उहाँले बताउनुभयो । 

भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । अघिल्लो संस्करणअन्तर्गत यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया