२०८२ भाद्र ६ | Aug 22, 2025

आज देशभर बदली हुने, कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २०

ललितपुर । जल तथा मौसम विज्ञान विभाग अनुसार आज देशभर बदली हुने छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।

विभागका अनुसार मंगलबार दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया