
ललितपुर । फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले डोको रिसाइक्लर्ससँग सहकार्य गरेको छ । वातावरणीय संस्थाको रुपमा परिचित डोको रिसाइक्लर्सले फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ ।
वातावरणमैत्री उद्यमका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित फोहोर व्यवस्थापनमा जोड दिएको डोको रिसाइक्लर्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच फोहोर व्यवस्थापन गर्ने विषयमा सहकार्य भएको छ ।
यसैबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, “वातावरण संरक्षण र दिगोपन हाम्रो प्राथमिकता हो, फोहोर डम्पिङ साइटमा जान नदिन र पुनः प्रयोगमा ल्याउन हामीले महत्वपूर्ण कदम चालेका छौं ।”
फोहोरलाई जिम्मेवार रुपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको सिइओ श्रेष्ठले बताइन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट उत्पन्न करिव ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटलाइजेशन प्रणालीमा रुपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।
एचइआईले भनेको छ, “दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा चालिएको एक महत्वपूर्ण कदम हो, डिजिटलाइजेशनको यात्रासँगै कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।” यो योजनालाई शाखाहरुमा पनि विस्तार र कार्यान्वयन गर्ने इन्स्योरेन्सको तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया