
ललितपुर । मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गदै, एनएमवि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोट सहित लाइफ ज्याकेछहरु र अन्य आपतकालिन उपयोगी सामग्रीहरु समावेश छन् ।
मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । एनएमवि बैंकले हाल देशभरी २०२ शाखाहरु , १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत
उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया