|
|
२०८२ श्रावण २१
510 views
ललितपुर - इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुंग जिल्लामा मंगलबार अबेर रात भएको बम विस्फोटमा सेनाका एक जना मेजरसमेत कम्तीमा तीन जनाको मृत्यु भएको छ।
यो घटना कुर्दगाप तहसीलमा काली पसंद खान नजिक भएको बीबीसीले जनाएको छ।
‘यहाँ अज्ञात हतियारधारी मानिसहरूले विष्फोटक पदार्थ राखेका थिए,’ एक जना वरिष्ठ प्रशासनिक अधिकारीले बीबीसी उर्दूसँगको कुराकानीमा भने।
सुरक्षा बलको बाहन गइरहँदा विष्फोट भएको बताइएको छ। यस घटनामा अन्य तीन जना घाइते भएका भनिएको छ। पाकिस्तानी सेनाको मिडिया शाखाले आईएसपीआरले अहिलेसम्म यस घटनामा कुनै आधिकारिक बयान जारी गरेको छेन। यस हमलाको जिम्मेवारी भने बलूच लिबरेशन आर्मीले लिएको छ।

बिजनेस पाटी