|
|
२०८२ श्रावण २२
1.6k views
ललितपुर । प्राविधिक गडबढीका अमेरिकाभरमा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्।
हिजो (बुधबार) रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका थियो। ठूलो प्राविधिक गडबडीका कारण अमेरिकाभरि उडान रोकिएको बताइएको छ। यसबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रा नराम्ररी अवरुद्ध भएको छ।
जसका कारण विमानस्थलहरुमा हजारौंको संख्यामा यात्रुहरू अलपत्र परेका छन्।
प्रेषण र इन्धन भर्ने प्रणालीमा खराबी आएपछि यस्तो समस्या आएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले एक विज्ञप्ति पनि जारी गर्दै समस्या समाधान गर्न थप उडान ढिलाइ हुने समेत जानकारी गराएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया