
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव विक्रम मिस्री भदौ १ गते नेपाल आउने आउन लोको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर सचिव मिस्री नेपाल आउन लागेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो औपचारिक निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि सचिव मिस्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
प्रधानमन्त्री ओली भदौमा भारतको औपचारिक भ्रमणमा जाने भनिए पनि मिति भने तय भइसकेको छैन ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतका व्यक्तितवहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया