२०८२ श्रावण २३

ललितपुर । गरिमा विकास बैंकले १० वर्षदेखि कारोवार नगरी शुन्य मौज्दातमा रहेका निष्कृय खातालाई आवश्यक प्रक्रिया पुरा गरी सक्रिय गर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।
यसका लागि बैंकले ग्राहक पहिचान फाराम अध्यावधिक नगरेका ग्राहकहरुलाई जतिसक्दो छिटो अध्यावधिक गर्न भन्दै सूचना जारी गरेको छ । यसमा ग्राहकको सम्पर्क नम्बर र ठेगाना परिवर्तन भएको भए त्यसलाई सच्याइ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आफ्ना ग्राहकलाई नजिककैको शाखाबाट खाता अध्यावधिक सूचना मार्फत् जानकारी गराएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया