२०८२ आश्विन १६ | Oct 02, 2025

आठराईबाट सांगेतिक उडान भरेकी जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २५
|
306 views

ललितपुर । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्।

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ।

हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन्।

विद्यालयदेखि सुरु भएको यात्रा

गायिका जुनु विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र आइपुगेकी छिन्

विश्वभरका नेपाली प्रतिभालाई एकै मंचमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाएका छन्। अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत गायिका जुनु छनोट भई अहिले फाइनल राउण्डसम्म आइपुगेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया