२०८२ श्रावण २५
255 views

कलैया (बारा) जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल एक हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए । ती घटनामा ९३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया