२०८२ श्रावण २६

ललितपुर । आज साताको पहिलो कारोबारको दिन अर्थात् सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिव साँढे दुई अंकले अर्थात् २.५३ अंक बढेर बन्द भएको छ।
गत विहीबार अर्थात् अघिल्लो कारोबार दिन १८.३० अंक बढेर २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक बढेर २८५२.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।
आजको प्रि ओपन सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ पैसाबराबरको शेयर खरिदबिक्री भएको छ। आइतबार भने सार्वजनिक बिदा परेकोले शेयर बजार बन्द रह्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया