२०८२ श्रावण २६

ललितपुर । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग अस्वीकार भएको हो ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले माग बमोजिम नहुने आदेश गरेको हो ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते सोमबार निवेदन दिएका थिए । यसैबीच अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउदै आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताउकी छन् ।
यता बैंक जमानतमा रिहा हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालतबाट अस्वीकार भएपछि उच्च अदालत जाने उनका कानुन व्यवसायीले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया