२०८२ फाल्गुन ६ | Feb 18, 2026

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था बिरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबारका लागि पेसी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २६
|
510 views

ललितपुर । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था बिरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।


रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, सङ्घीय संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई विपक्षी बनाइएको छ ।


रिट निवेदनमा अदालतसँग तत्काल परमादेश जारी गरी दफा ७ (ख) खारेज गर्न, अनलाइन दर्ता स्थगनको निर्णय बदर गर्न र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको पूर्ववत् व्यवस्था कायम राख्न आदेश दिन माग माग गरिएको छ ।
साउन १४ गते राजपत्रमा प्रकाशित ‘नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्य सहित ३ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया