२०८२ श्रावण २७

ललितपुर राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुल्नुभएको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहनुभएका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसक्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया