सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २७
|
2.6k views

ललितपुर - ललितपुर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुन आज तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि घटिरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube