२०८२ आश्विन १६ | Oct 02, 2025

नेपालबाट फेरि २०० मेगावाट बिजुली भारत निर्यात गर्ने सहमति

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २७
|
204 views

ललितपुर। नेपालबाट फेरि २०० मेगावाट बिजुली खरिद गर्न भारत भारत सरकार सहमत भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खरिदका लागि भारत सरकारले अनुमति प्रदान गरेको हो ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्ने सहमति गरेको थियो । भारतले अब नेपालबाट जम्मा १०११ मेगावाट विद्युत निर्यात गर्ने सहमति गरिसकेको छ । यो सहमति आगामी ३१ अक्टोबरसम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

नेपालका लिखु– २, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला गरी जम्मा पाँचवटा जलविद्युत आयोजनाबाट उत्पादित १०११ मेगावाट बिजुली भारततर्फ निर्यात गरिने भएको हो ।
गत आर्थिक वर्ष ०८१र८२ मा नेपालले भारततर्र्फ विद्युत निर्यात गरेर मात्र १७ अर्व ४७ करोड रुपैयाँ आर्जन गरेको थियो ।

हाल नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया