२०८२ श्रावण २७

ललितपुर । एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता भएको छ ।
सम्झौतासँगै बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सुविधाको उपभोगका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्ट र बैंक बीचको यस किसिमको सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया