२०८२ श्रावण २७

ललितपुर । जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज जाने भएको छ ।
शुक्रवारदेखि सुरु हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी सहभागी सहभागी हुँदैछन् ।
यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन् ।
यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् ।
ब्याडमिनटन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमवार बिदाइ गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया