२०८२ श्रावण २८

ललितपुर। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६०० थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया