२०८२ भाद्र ७ | Aug 23, 2025

उच्च अदालतका २७ जना न्यायाधीश गरे शपथग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

ललितपुर । उच्च अदालतको न्यायाधीशका लागि निुक्त भएका २२ जना न्यायाधिशले शपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा २७ जना न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।

बुधबार सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रमका बीच उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरबाट नवनियुक्त २७ न्यायाधीशहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यसअघि न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया