२०८२ श्रावण २८
204 views

ललितपुर । माउन्टेन इनर्जी कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।
विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको जनाइएको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया