२०८२ फाल्गुन ६ | Feb 18, 2026

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २९
|
459 views

ललितपुर । दरमखोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ । विहीबार विहान बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो ।

आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको हो । यस कम्पनीको आईपीओमा आवेदन दिने जम्मा दुई लाख ४२ हजार ३१८ जनालाई १० कित्ताका दरले बाँडफााट गरिएको छ भने ती मध्येमा ५ जनाले भने ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आइपीओमा जम्मा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । त्यसमा १३ हजार २३९ जनाको आवेदन बदर भएको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ सदर आवेदकबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया