२०८२ श्रावण २९

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणमा जाने भएका छन् । सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।
प्रधानमन्त्री ओली भादौ १४ गते चीन प्रस्तान गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।चीनको तियानजिमा सांघाई सहयोग संगठनको शिखर सम्मेलन आउँदो भदौ १५ र १६ गते आयोजना गरिँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।
उक्त शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् ।
एससीओ सन् २००१ जुन १५ मा कजाखस्तान, चीन, कीर्तिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया