२०८२ श्रावण २९

ललितपुर । काठमाडौंको बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया