२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
510 views

ललितपुर । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।

बजारमा अधिक तरलता जम्मा भएपछि केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम उठाउन लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् भने निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

३१ दिने यो निक्षेप संकलन उपकरणको असोज १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले साउन २८ गते पनि बजारबाट २५ अर्ब रुपैयाँ उठाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया