२०८२ आश्विन १६ | Oct 02, 2025

डिजिटल नेपाल कन्क्लेभ २०२५ सम्पन्न, गगन थापादेखि सञ्चार, अर्थमन्त्रीसहित प्रधानमन्त्रीसम्मले गरे डिजिटल रुपान्तरणका कुरा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
357 views

काठमाडौं आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ सम्पन्न भएको छ ।

‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ मुख्य थिममा साउन ३० गते शुक्रबार पुलचोकस्थित द प्लाजामा भएको कार्यक्रममा डिजिटल रूपान्तरण र इकोसिस्टम विकासका विभिन्न आयाममा छलफल भएको थियो ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङ, सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

विभिन्न सरकारी तथा निजी क्षेत्रका ६०० बढी उच्च पदस्थ व्यक्तिहरूको सहभागीता रहेको कन्क्लेभमा डिजिटल सुशासन, डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल स्वास्थ, डिजिटल अर्थतन्त्र, आइसिटी उद्योग लगायतका विषयमा ८ बढी सेसन सञ्चालन भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री ओलीसँग पावर संवाद सञ्चालन भएको थियो । पावर संवादको सहजीकरण व्यास मिडियाका संस्थापक सञ्जय सिलवाल गुप्ताले गरेका थिए । पावर संवादमा बोल्दै प्रधानमन्त्रीले लोकेसन र वातावरण अनुकुलका कारण नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताए ।

कार्यक्रममा उनले नयाँ पुस्ता सूचना प्रविधिमा अब्बल रहेको बताउँदै आवश्यक सहयोग र सहजीकरण गर्नका लागि सरकारको प्रतिबद्ध समेत जनाएका थिए । यो वर्ष जीडीपीमा आइसिटीको योगदानलाई २ प्रतिशत पुर्‍याउने उनको भनाइ छ ।

यस्तै अर्थमन्त्री र गगन थापासँग पावर प्यानलिष्ट सेसन सञ्चालन गरिएको थियो । यस शत्रको सहजीकरण कान्तिपुर टेलिभिजनका डेपुटी समाचार प्रमुख रूपेश श्रेष्ठले गरेका थिए । उक्त शत्रमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले कर प्रणालीमा अनुचित काम भएको भए जानकारी दिन अनुरोध गरेका थिए । त्यस्तो गर्ने व्यक्तिलाई तत्कालै कारवाही गर्ने प्रतिबद्धता व्यक्त उनले गरेका थिए । कार्यक्रममा गगन थापाले सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै फेसलेस अवधारणामा जानुपर्नेमा जोड दिएका थिए । महत्त्वकांक्षी कुराहरू गर्ने र लेख्ने तर कार्यान्वयन नगर्दा समस्या देखिएको भन्दै अब स्पीड बढाउनु पर्ने समय आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया