२०८२ आश्विन १६ | Oct 02, 2025

आई.एम.ई लाइफ इन्स्योरेन्सको आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा वृहत् रक्तदान

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
153 views

ललितपुर । आई.एम.ई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । ।

रगतदान, जीवनदान भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वैच्छिक रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्वलाई व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदान जस्तो जीवन रक्षक कार्य गरेको बताए ।

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे ।

कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया