२०८२ आश्विन १६ | Oct 02, 2025

३६ हजार विदेशी मुद्रासहित सप्तरीबाट एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २
|
357 views

सप्तरी । आज (सोमबार) प्रहरीले सप्तरीको राजविराज विमानस्थलबाट ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।

प्रहरीका अनुसार उनलाई करिव ३६ हजार साउदी रियालसहित पक्राउ गरिएको हो । बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया