२०८२ आश्विन १६ | Oct 02, 2025

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
1.1k views

ललितपुर। आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । मंगलबार छापावाला सुनमा प्रतितोला १ हजार २०० रुपैयाँका दरले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार भने १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया