२०८२ आश्विन १६ | Oct 02, 2025

छायानाथ अल्ट्रा म्याराथन असोजमा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
561 views

मुगु । जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने उक्त म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ ।

कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु. पाँच लाख, द्वितीयलाई रु. दुई लाख ५० हजार र तृतीयलाई रु. एक लाख ५० हजार प्रदान गरिने छ । प्रतियोगिताका निम्ति रु ३० लाख विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर  दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई  चार हजार ८२० मिटरसम्म हुने छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया