२०८२ भाद्र ७ | Aug 23, 2025

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीको उद्घाटन आज प्रधानमन्त्री ओलीले हुन् ।

नाडाका अनुसार यो प्रदर्शनीले नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेको आयोजकले बताएको छ ।

भोलीसम्म चल्ने उक्त शोमा एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ । उक्त शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।

यस किसिमको अटो शोमा नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याइएको आयोजकले दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया