२०८२ फाल्गुन ६ | Feb 18, 2026

“एक चिहान“ मा आधारित नाटक लुम्बिनी प्रदेश मञ्चन : डाक्टर गोदत्तको भूमिकाले पायो प्रशंसा 

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
1.2k views

ललितपुर । ओजस थिएटर रातो पुल काठमाडौँको प्रस्तुति तथा लुम्बिनी रङ्गमञ्चको स्थानीय व्यवस्थापनमा हृदयचन्द्र सिंह प्रधान द्वारा लिखित  उपन्यास “एक चिहान“ मा आधारित नाटक  लुम्बिनी प्रदेशको बुटवलमा एक हप्ता प्रदर्शन गरी कलाकारको टोली काठमाडौँ फर्किएको छ । 

उपन्यासलाई नाट्य रूपान्तरण तथा निर्देशन सागर कार्कीले गरेका हुन् ।  

नाटकमा मदन थापा ,जे बि डी सी,सानु पाण्डे ,रिता थापा ,कल्पना थापा ,रश्मि गुरुङ ,आशिष् श्रेष्ठ ,समीर आचार्य ,सागर कँडेल ,विप्लव खडका,उज्ज्वल कुलुङ राई ,युगल लिम्बु ,श्याम कार्की ,गोविन्द खडका, स्नेहा पाण्डेले अभिनय गरेका थिए । 

डाक्टर गोदत्तको भूमिका निभाएका डी सीको  अभिनयलाई दर्शकले रुचाएका थिए । 

नाटकमा पार्श्व सङ्गीततर्फ प्रवृत्ति राई,युगल लिम्बु ,प्रदीप विश्वकर्मा , प्रकाश व्यवस्थापन सागर कार्की ,उज्वलकुलुङ राई ,सेट उज्ज्वलकुलुङ राई,प्रदीप विश्वकर्मा,श्याम कार्की ,सागर कार्की  र भेषभुशा/शृङ्गार मा  रिता थापाले जिम्मेवारी  निर्वाह गरेका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया