२०८२ आश्विन १६ | Oct 02, 2025

सफल स्वास्थ्य सेवा प्रालिको कलंकीस्थित गोदाममा विभागको आकस्मिक छापा – गुणस्तरहीन भनेको औषधी बिक्री गर्दै आएको खुलासा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
1k views

ललितपुर । औषधी व्यवस्था विभागले गुणस्तरहीन भनेको औषधी औषधी आयातकर्ता कम्पनी सफल स्वास्थ्य सेवा प्रालिले नक्कली आयात अनुमति पत्र बनाई ठूलो परिमाणमा भारतबाट आयात गरी एन्टीबायोटिक इन्जेक्सन बिक्री गर्दै आएको खुलेको छ ।
विभागमा परेको उजुरीको आधारमा विभागको टोलीले आज कलंकीस्थित गोदाममा आकस्मिक छापा मारेको थियो । सो क्रममा औषधी आयात गरेको काजजात फेला पारेको तर औषधी भने नभेटिएको टोलिले जनाएको छ । विभागले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ । वभागका अनुसार प्रज्ञापन पत्रमा २ लाख ५० हजार भाइलको इन्जेक्सन ल्याइएको उल्लेख छ । यसको बजार मूल्य २ करोड २५ लाख बढी पर्छ ।
औषधी व्यवस्था विभागले भ्यालेन्ट्रोन हेल्थ केयर इन्डियाले उत्पादन गरेको औषधी भ्लेक्जोन–१ ग्राम गुणस्तरहीन भएको भन्दै आयात अनुमति पत्र रद्ध गरेको थियो । तर सरकारी अस्पतालमै औषधीहरु विक्री गरेको पाइएको श्रोतले
जनाएको छ ।

विभागका अनुसार उक्त औषधी गुणस्तरहीन भएको भन्दै विभागले गत २० जेठमा आयात अनुमति पत्र खारेज गरेको थियो । आयातकर्ताले आफूसंग भएको उक्त औषधीको आयात अनुमति पत्र २१ जेठका दिन विभागमा दाखिला गरेको थियो । तर २७ असारमा सोही औषधी वीरगञ्ज भन्सारबाट जाँच पास भएर नेपाल भित्रिएको पाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया