२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ४
|
306 views

ललितपुर । नेपाल बैंक लिमिटेड र मकवानपुरको ओम अध्याय रिट्रिटबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुरको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

बैंक र रिसोर्टबीच गरिएको समझदारी पत्रमा मिति २०८२ साल भदौ ०२ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिको तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया