२०८२ भाद्र ४
306 views

ललितपुर । ‘सुब्बा दाजु’नामले परिचित हास्य कलाकार पूर्ण थापाले भोलिदेखि नयाँ हास्य टेलिसिरियल ‘ठिक्क पर्यो’ ल्याउने भएका छन् ।
हरेक बिहीबार सुब्बा दाजु क्रियशन नामक आफ्नै च्यानलबाट सार्वजनिक गर्ने उनको तयारी छ । पहिलो भाग तीज विशेष रहेको उनले बताए ।
सिरियलमा थापा सहित रबी डङ्गोल ‘का बेइमान’ , स्वानिका बास्तोला , रेश्मा तिमल्सिना ‘बुनु मैचा’ प्रदीप खनाल,लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
थापा, श्रीजल थापा , श्रीराम पुडासैनी,को टिमले तयार पार्ने स्क्रिप्ट मा बनेको सिरियलमा प्रसिद्ध गीतकार लोकराज अधिकारीले शीर्ष गीत लेखेका छन् ।
गीतमा स्वर सङ्गीत कमल अधिकारीको रहेको छ । पहिलो भागको ट्रेलर आज सार्वजनिक गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया