
ललितपुर । विगत २ वर्षदेखि नेपालका लागि आउने वैदेशिक सहायतामा कमी देखिएको छ । सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको अनुदान प्राप्त गर्न सकेन ।
नेपाल सरकार अर्थमन्त्रालयका अनुसार आर्थिक गत वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्र हुन आउँछ ।
अघिल्लो आर्थिक वर्ष २०८१/२०८१ मा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त गरेको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो । प्रतिशतका हिसाबले हेर्ने हो भने अघिल्लो आर्थिक वर्षमा भन्दा गत गत आर्थिक वर्षमा करिव ७ प्रतिशतले कमी देखिन्छ ।
अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्रप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ । आव २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो ।
यस्तै, अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो । लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी सरकारले कुल वैदेशिक सहायतातर्फ २०८१र८२ मा २ खर्ब ६९ अर्ब वैदेशिक सहायाता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्त गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो । अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ २ खर्ब ६२ अर्ब वैदेशिक सहायाता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६।९८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया