२०८२ भाद्र ६ | Aug 22, 2025

शिक्षक महासंघले गर्यो आन्दोलनका कार्यक्रम सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ६

ललितपुर । नेपाल शिक्षक संगठनले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो

महासंघले चरणबद्ध रुपमा आन्दोलनको तालिका सार्वजनिक गरेको हो । जस अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

त्यविपछ भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।

‘अध्यक्ष सुवेदीले भने, अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ ।’ यसअघि महासंघ र सरकारबीच गरेको २७ बुँदे सहमति अनुसार सरकारले आफ्ना माग पुरा नगरेको भन्दै महासंघले पुनः आन्दोलनको मिति घोषणा गर्न बाध्य भएको अध्यक्ष सुवेदीले बताए ।

शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको र त्यसमा आफ्ना मागहरु नसमेटिएको भन्दै महासङ्घले यसप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारण सार्वजनिक गरेको हो ।

सुवेदीका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया